Rule 55
बढुवा उजुरी सम्बन्धी व्यवस्था
: (१) देहाय बमोजिमका बढुवा समितिले गरेको बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी कर्मचारीले बढुवा नामावली प्रकाशित भएको मितिले सात दिन भित्र देहाय बमोजिमको समिति समक्ष उजुरी दिन सक्नेछ :–
क्र. सं.                              बढुवाको सिफारिस गर्ने समिति                                                   बढुवा उपरको उजुरी सुन्ने समिति
१,         नियम ३९ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको बढुवा समिति            (क) लोक सेवा आयोगका अध्यक्ष वा निजले
तोकेको सो आयोगको –अध्यक्ष
(ख) नेपाल सरकारका मुख्य सचिव –सदस्य
(ग) कानून, न्याय तथा संसदीय मामिला
मन्त्रालयको सचिव –सदस्य
२, नियम ३९ को उपनियम (१) को खण्ड (ग) बमोजिमको बढुवा समिति                       नियम ३९ को उपनियम (१) को खण्ड (क)
बमोजिमको बढुवा समिति
३, नियम ३९ को उपनियम (१) को खण्ड (घ) र (ङ) बमोजिमको बढुवा समिति             नियम ३९ को उपनियम (१) को खण्ड (ग)
बमोजिमको बढुवा समिति
४, नियम ३९ को उपनियम (१) को खण्ड (च) बमोजिमको बढुवा समिति                        नियम ३९ को उपनियम (१) को खण्ड (घ)
बमोजिमको बढुवा समिति
(२) उपनियम (१) बमोजिम उजुरी परेमा सम्बन्धित उजुरी सुन्ने समितिले उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट उजुरीको प्रतिलिपि संलग्न राखी सो सम्बन्धमा प्रतिक्रिया र सम्बन्धित कागजात पठाउन सम्बन्धित बढुवा समितिको सचिवालयमा लेखी पठाउनु पर्नेछ । त्यसरी लेखि आएमा सम्बन्धित बढुवा समितिको सचिवालयले तीन दिन भित्र प्रतिक्रिया सहितको कागजात उजुरी सुन्ने समिति समक्ष पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम परेको उजुरीमा उजुरी गर्ने म्याद सकिएको मितिले पन्ध्र दिन भित्र टुङ्गो लगाउनु पर्नेछ ।
(४) नियम ३९ को खण्ड (क) र (ख) बमोजिमको बढुवा उपर उजुरी सुन्ने समितिको सचिवालयको काम लोक सेवा आयोगले, खण्ड (ग) बमोजिमको बढुवा उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम मन्त्रालयले र खण्ड (घ), (ङ) र (च) बमोजिमको बढुवा उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम प्रधान कार्यालयले गर्नेछ ।
(५) बढुवा उपर उजुरी सुन्ने समितिले बढुवा समितिले कुनै कारण खुलाउनु पर्नेमा सो नखुलाएकोमा सो खुलाउन अवधि तोकी लेखी पठाउन सक्नेछ ।
(६) बढुवा समितिले कुनै उम्मेदवारले प्राप्त गर्नुपर्ने अङ्क नदिई वा उम्मेदवारले प्राप्त नगर्ने अङ्क दिई मुल्याङ्कनमा त्रुटी गरेको पाइएमा र सो त्रुटीको आधारमा बढुवा समितिको सिफारिस संसोधन गर्नुपर्ने देखिएमा बढुवा उजुरी समितिले त्यस्तो सिफारिस संशोधन समेत गरी बढुवा समिति समक्ष पठाउनु पर्नेछ र बढुवा समितिले बढुवा उजुरी सुन्ने समितिबाट लेखी आए बमोजिम नियुक्तिको लागि सिफारिस गर्नु पर्नेछ ।
(७) कुनै उम्मेदवारले दिएको बढुवा उजुरी झुठ्ठा ठहरेमा अर्को वर्षको कार्यक्षमताको मुल्याङ्कनमा पहिलो पटकको लागि भए दुई अङ्क र सो भन्दा बढी पटकको निमित्त तीन अङ्क कट्टा गरिनेछ ।